कोरोना संक्रमित १६ हजार नाघे, मंगलबार थपिए २ सय ४ जना

असार २३, काठमाडौं पछिल्लो २४ घण्टामा देशभर २ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा ६ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए।

आज मात्र कोरोना संक्रमितबाट निको भएर डिस्चार्ज हुने ६ सय ८८ जना रहेका छन्। हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ४ सय ९९ रहेका छन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्