‘विकासको तिव्र गतिमा थियौँ, कोरोनाले ब्रेक लाग्यो’ उप–प्रमुख शर्मा

महेन्द्रनगर २९ असार ।
नयाँ संविधान निर्माणपछि स्थानीय तहको निर्वाचन भएको गत बुधवार तीन वर्ष पूरा भएको छ । यतिवेला जनताबाट निर्वाचित पहिलो स्थानीय सरकारको क्षमताको कडा परीक्षा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा भइरहेको छ । २०७४ वैशाख ३१ गते पहिलो चरणमा गण्डकी, बाग्मती र कर्णाली प्रदेशका स्थानीय तहमा निर्वाचन भएको थियो ।

दोस्रो चरणमा असार १४ गते प्रदेश १, ५ र सुदूूरपश्चिम प्रदेशका स्थानीय तहमा र तेस्रो चरणमा असोज २ गते प्रदेश २ का स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो । यसरी निर्वाचित भएका स्थानीय जनप्रतिनिधीको समिक्षाका चरण पनि छ ।

हुनत दैलोका सिंहदरवारको तीन वर्षमा आआफ्नै समिक्षा पनि भएका छन् । यो अवधिमा स्थानीय तहको संस्थागत संरचना, कानुन निर्माण र भौतिक पूर्वाधार निर्माण लगायतका विकासका काम तीव्र पारिएका छन् ।


कञ्चनपुरको दक्षिणी क्षेत्रमा अवस्थीत एक नगरपालिका हो पुनर्वास । स्थानीय तहको सरकार पाएपछि पुनर्वास नगरपालिकामा भौतिक पुर्वाधार विकासको गति पाएको छ ।


नगरपालिकाकी उप–प्रमुख शारदा शर्मा(विष्ट)ले स्थानीय तहका जनप्रतिनिधि आईसकेपछि नगरमा योजनावद्ध विकास सुरु भएको बताईन् । उनले आफुहरु निर्वाचित भएको पहिलो वर्षलाई सिकाईको वर्षका रुपमा लिएको उल्लेख गर्दै पछिल्ला वर्षमा विकास निर्माण कार्यलाई तिव्रताका साथ अगाडी बढाएको बताईन् ।

जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष पुरा भएको अवसरमा देशपाटीसँग कुरा गर्दै ‘पहिलो वर्ष हामी आउँदा स्थानीय तह सञ्चालनका लागि आवश्यक कानुन बनि सकेका थिएनन्, हामीलाई धेरै कुरा सिक्नु पर्ने पनि थियो ।’

उप–प्रमुख विष्टले भनिन् ‘दोस्रो वर्षमा नगरका योजनालाई प्राथमिकिरण गरेर कार्यान्वयनको चरणका सुरु ग¥यौ ।’ नगरपालिकाले भौतिक पुर्वाधार निर्माणका योजनालाई मुख्य प्राथमिकतामा राखेको उनको भनाई छ ।


पुनर्वास कम्पनीले नक्साङकन गरेका सडकलाई पुनः नापजाँच गरि बाटो खोलिएका छन् भने नगर गौरवका योजनालाई पनि अगाडी बढाईएको छ । त्यस्तै केन्द्र र प्रदेशका सरकारसँगको समन्वयमा नगरमा ठुला सडक र अन्य पुर्वाधार निर्माणका योजना नगरपालिका क्षेत्रमा सञ्चालित छन् ।

‘नगरपालिकामा सबैतिर विकासले गति लिएर रहेको थियो ।’ उप प्रमुख विष्टले भनिन् ‘यस वर्ष कोरोना भाईरसको संक्रमणले विकास गतिमा ब्रेक लाग्यो, हामीले चाहेर पनि काम गर्न सकेनौँ ।’


साथै नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई पनि विशेष जोड दिईएको जनाएको छ । नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थिको पहुँचसँगै गुणस्तरीय शिक्षामा जोड दिन नगरका १३ वटा माध्यमिक तहका विद्यालयमा अनलाईन हाजिरको व्यवस्था गरेको छ ।

साथै ३२ वटा सामुदायिक विद्यालय र २९ वटा निजी विद्यालयमा नगर शिक्षा समितिमार्फत अनुगमन गरि नमुना विद्यालयका रुपमा विकास गर्न जोड दिईएको छ भने पुर्वाधार अभाव रहेका विद्यालयको आवश्यक पुर्वाधार तथा स्रोत साधन थप्ने काम गरिएको उप्र प्रमुख विष्टले बताईन् ।


नगरपालिकाले शहरी स्वास्थ्य क्लीनिक र स्वास्थ्य चौकी मार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ भने स्वास्थ्य संस्थामै सुत्करी महिलालाई सुत्केरी भत्ता र स्वयमसेविका लागि प्रोत्साहन गर्ने निति बनाईएको छ ।

त्यस्तै सामाजिक विकास अन्र्तगत क्षमता विकास, सिप मुलुक र आय आर्जन मुलक तालिम आयोजना गरि नगरवासिलाई आत्मनिर्भर बनाउन प्रेरित गरिएको छ । साथै घरेलु वादविवादलाई न्यायिक समितिमार्फत मेलमिलाप गराउने गरिएको छ ।

हालसम्म पुनर्वास नगरपालिकाको न्यायिक समितिले ५४ वटा मुद्धालाई किनारा लगाएको छ । कार्य सम्पादन थुप्रै समस्या र चुनौति रहेको औँल्याउदैँ उप प्रमुख विष्टले ‘हामी जनताको सेवा गर्न जनमत लिएर आएका थियौँ, जन अपेक्षा अनुसारको विकास हाम्रो प्राथमिकतामा छ, सोही अनुरुप काम गर्न नगरपालिकाको सिङ्गो टिम प्रतिवद्ध छ ।’ साथै स्थानीयस्तरबाट पनि काम गर्न अनुकुल वातावरण मिल्ने मिल्नेमा उनले विश्वास व्यक्त गरिन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्