सुप विश्वविद्यालय शिक्षा शास्त्री समाजको अध्यक्षमा उप–प्राध्यापक जोशी

महेन्द्रनगर १२ साउन । सुदुरपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्री समाज नेपाल(टिईएसओएन) को तदर्थ समिती गठन गरिएको छ ।


आईतबार विश्वविद्यालय केन्द्रीय कार्यालयमा शिक्षाशास्त्र संकायका डिन गोविन्द सिंह बिष्टको अध्यक्षतामा बसेको भेलाले उप–प्राध्यापक राजेन्द्र प्रशाद जोशीलाई समाजको अध्यक्षमा चयन गरेको हो ।

उक्त भेलाको विश्वविद्यालय अन्र्तगतको शिक्षा शास्त्र संकायमा अध्यापनरत प्राध्यापकहरुको सहभागिता रहेको थियो ।


राष्ट्रिय कमीटी उपाध्यक्ष प्रा. डा. राम कुमार घिमिरेको प्रमुख आथित्यतामा गठन गरिएको उक्त कमिटीमा डा.यज्ञराज पाण्डेय सचिव, हर्ष बहादुर चन्दको कोषाध्यक्ष र सदस्यहरुमा उधब देव भट्ट, अर्जुन सिंह नेगी, हरिस सिंह सामन्त, गम्भीर चन्द, प्रकाश चन्द्र बडु र निर्मला धामी चयन भएका छन् । अध्यक्षले जोशीले संस्थागत र प्रज्ञीक क्षेत्रको विकासका लागि काम गर्ने जनाएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्