काँग्रेसको प्रर्दशनमा जनवाहिनी नेपाल पनि सहभागि हुने


कञ्चनपुर, २७ मंसिर
प्रमुख प्रतिक्षीय दल नेपाली काँग्रेसले सरकार बिरुद्ध २९ मंसिर देशभरी गर्ने बिरोध प्रर्दशनमा जनवाहिनी नेपाल पनि सहभागि हुने भएकोछ ।

काँग्रेसले प्रर्दशनमा ऐक्यबद्धता जनाउँदै जनवाहिनीले ७७ वटै जिल्लामा सहभागि हुने जनाएको छ । जनवाहिनी नेपाल केन्द्रीय समितिले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोनाको नाममा भएको अबौँ भ्रष्टाचार, नीतिगत भ्रष्टाचार, सरकारी दमन बिरुद्ध हुने काँग्रेसको प्रर्दशनमा सहभागि हुन समेत आब्हान गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको पक्ष र सर्वसत्तावाद अराजकता बिरुद्ध प्रर्दशनमा सहभागि हुन आब्हान गरिएको हो । जनवाहिनी नेपाल केन्द्रीय समितिका संयोजक सिरोमणी कुमार ओझाद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा बेरोजगारी, अशिक्षा, गरिबी, भोकमरी, हिसा, सीमा अतिक्रमण र चरम भ्रष्टाचार बिरुद्ध राष्ट्रवादी लोकतान्त्रिक शक्तिमा संगठित हुन समेत आब्हान गरे

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्