११ एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयले नेपाल प्रहरीका ११ एसपीलाई एसएसपीमा बढुवाका लागि मन्त्रीपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो । एसपीबाट एसएसपीमा बढुवा गर्ने सम्वन्धमा बुधबार बढुवा समितिको बैठक बसेको थियो ।


बढुवा सिफारिसमा पर्नेहरुमा कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज विष्ट, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेल छन ।
बढुवाको सिफारिसपछि आगामी साता बस्ने मन्त्रिपरिषद बैठकले सो बारे निर्णय गर्ने छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्