वेदकोटका ४ जनप्रतिनिधिले भने ‘हामी एमालेमै छौँ, अवसरवादीको पछि लाग्दैनौँ’

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाका चार जनप्रतिनिधिहरुले आफु एमालेमै रहेको बताएका छन् । आईतबार आफुहरुलाई नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेको भन्दैँ सञ्चार माध्यम र सामाजिक सञ्जालमा समाचार आएको भन्दैँ उनिहरुले स्पष्टीकरण दिएका हुन् ।
वेदकोट–३ का वडा सदस्यद्धय पल्टु डगौरा, देउमा बावली सुनार, गोमती कुँवर र वेदकोट–८ सदस्य गणेश विष्टले एमालेमै रहेको विज्ञप्तीमार्फत जानकारी गराएका हुन् । विज्ञप्तीमा भनिएको छ ‘नेकपा समाजवादी पार्टीको कार्यक्रममा नगर प्रमुखलगायत केही जनप्रतिनिधिले पार्टी प्रवेश गरेको सन्र्दभमा हामीहरु उक्त कार्यक्रममा सहभागी नहुदाँ समेत पार्टी प्रवेश गरेको भनी नाम सामाजिक सञ्जाल र समाचारमा आएको हुदाँ हामीहरुको गम्भीर ध्यानार्कषण भएको छ ।’ उनिहरुले पार्टी प्रवेशको समाचार झुठो रहेको दावि गरेका छन् । साथै अवसरवादीहरुको संगठनमा आफुहरु नलाग्ने समेत उनिहरु बताएका छन् ।
आईतबार एमालेबाट निर्वाचित मेयर अशोक कुमार चन्दसहितका जनप्रतिनिधिहरु समाजवादीमा प्रवेश गरेका थिए । उनिहरुलाई पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराएका थिए ।

त्यस्तै वेदकोट–८ महिला वडा सदस्य रेस्की डगौरा र धौली देवि महर पनि एमालेमै रहेको ईन्चार्ज सुशिला सिंहले जानकारी दिईन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्