सहकारी मर्जरका लागि उपयुक्त वातावरण र समय

प्रेम सिंह भाट
विश्व आर्थिक मन्दि, कोभिडको प्रभाव, वैदेशिक ऋणमा उच्च वृद्धि उत्पादकत्व ह्रास भईरहेको वर्तमान अवस्थामा विकास बैङ्क, वाणिज्य बैङ्कहरु प्नि मर्जरमा गईरहेको अवस्थामा सहकारीहरु पनि आफ्नो लक्ष्य र उद्देश्य प्राप्तीका लागि अझ फराकिलो बनाउन कञ्चनपुरका सहकारीहरु पनि मर्जरमा जान आवश्यक छलफलमा जुटेका छन र जुटनु पनि पर्दछ ।
विकास बैङ्कहरु, बाणिज्य बैङ्कहरुका ठुलो प्रमोटर र शेयरधारीहरुको लाभांशका लागि स्थानिय कर्मचारीलाई अति दवाव र प्रभावमा राखि स्थानिय स्तरको पुजी संकलन गरी ठुला उद्यमी व्यवसायी र केन्द्रमा नै बढि लगानी गर्ने र साना र मध्यम व्यवसायी बाट प्राप्त व्याजको रकम आफु अनुकुल लाभांश वितरणको परिपाटिले गर्दा बैङ्कहरुको नाफा दिन प्रति दिन बढिरहेको हामी सबैलाई अवगतै छ ।
बैङ्क प्रकृतिको नभए पनि स —सानो रकम शेयर राखेर सहकारीमा आवद्ध भई स्थानिय स्तरका जनता, स्थानिय समुदायमा बसोबास गर्ने व्यक्तिहरु बाट संचालन र व्यवस्थापन गरिएको सहकारीहरुमा सदस्य वा मालिक भई सहकारीको हरेक गतिविधिमा जानकारी राख्न सक्ने गरि विभिन्न सहकारीमा सदस्यता लिई उल्लेख्य कोरावार गरि रहेका अधिंकाश सदस्य लाई आ–आफ्नो सहकरी लाई उतकृष्ट नै ठानेका र मानेका छन् ।
सहकारीका सदस्यहरु साधारण सभामा उपस्थित भई हुने, उपस्थित हुन नसके सहकारीका हरेक गतिविधि संग अवगत हुने सुक्ष्म रुपले अध्ययन गरि रहने सदस्यहरु रहेका छन भने कतिपय सदस्यहरुले समय समयमा आफु आवद्ध रहेको सहकारीबा बिषयमा सोधेको र खोजेको जवाफ पाईने बातावरण सहकारीहरुले दिएकै छन् । तर पनि विकास तथा बाणिज्य बैङ्कहरुले चिल्ला कागजात, टाई सुट लगाएर , गाडी चडेर हरेक ग्राकहको घर घरमा विभिन्न किमिसका उपहार लगोर, रेडियो टि भिमा भडकिलो विज्ञापनका कारण बचत रकममा सहकारी भन्दा कम ब्याज दिदा पनि बैङ्कमा रकम जम्मा गर्ने प्रवृति सहकारीहरुले रोक्न सकेका छैनन् ।
यसको कारण सहकारीहरुले आफ्ना सदस्यहरुसंग समयमा समन्वय राख्न नसक्नु आफुले दिने व्याजको प्रचार प्रसार गर्न नपाउनु ,निजी बैङ्क भन्दा सजिलो सरकारी बैङ्क र सहकारी बैङ्क भन्दा कारोबार गर्न सहकारी हुने गरेको आम जनमानसमा जानकारी नहुनु, वित्तिय साक्षरता र सहकारी शिक्षाको अभावका कारण रहेकोले सहकारीहरुले यस तर्फ ध्यान दिन आवश्यक रहेको छ ।
कञ्चनपुर जिल्लाका हरेक स्थानिय तहका हरेका नागरिक सहकारीमा आवद्ध हुन नसकेको र सहकारीहरुले पनि सबैलाई समेटन नसकेको भएता पनि काठमाण्डौंमा केही सहकारीमा परेको वित्तिय अभावका कारण केही आशंका देखिएपनि मोसफल सुदूरपश्चिममा भने कुनै किसमको समस्या नदेखिएको यस क्षेत्रका सहकारीका लागि सुखद पक्ष मान्न सकिन्छ ।
मुलकमा झण्डै तिस हजार भन्दा बढि सहकारी मध्ये ०.१० प्रतिसत भन्दा कम सहकारीमा समस्या देखिएतापनि सहकारी सदस्यको बुझाई एकनासको नभएको, निश्चित समयका लागि आवधिक वचत गरेको तथा समय अगावै रकम माग गर्ने गरेकोले केही समस्या देखिएको हुदा“ त्यसको निराकरणका लागि पनि सहकारी विभाग लागि परेको हुरा सबै लाई अवगतै छ ।
उपरोक्त सन्दर्भमा सहकारीहरुले पनि उद्देश्य अनुरुप सदस्यहरुको उत्पादन भएको वस्तुको बजारीकरण तथा सदस्यलाई आवस्यक वस्तु तथा सेवाको आपूर्ति (सरल सहज र स्तरिय गुणस्तरण ) गर्नु पर्ने मुल दायित्वमा केही कमी आएको हुदाँ सहकारीमा आवद्ध सदस्यहरु, पदाधिकारीहरु, संचालकहरु, कर्मचारीहरु एक आपसमा मर्जरमा भई एउटै सहकारी भित्र विविधि कार्यक्रमहरु संचालन गरि सदस्यहरुलाई उच्च गुणस्तरको सेवा प्रवाह गर्नु आजको आवश्यकता हो र हुनु पर्दछ भन्ने कुरामा दुई मत नहोला ।

सहकारीहरुमा एकल उद्देश्य तथा बहुउद्देश्यीय सहकारीको एकिकरणबाट विविधिकरण गरि समग्र समुदाय, समाज, गाउँ, नगर तथा जिल्लामा एक बृहत सहकारीको मर्म भावना र सिद्धान्तमा चल्न सक्ने र सुशासन दिन सक्ने सहकारी निर्माण र गठनमा हामी ढिलो चाडो जानु नै पर्ने छ । त्यस्तो सहकारी जुन सामान्य बैङ्कले दिने सेवा भन्दा अझ बढि सेवा दिन सक्ने सक्षम सहकारीको निर्माण सहकारीहरुको मर्जर बाट नै सम्भव हुन सक्दछ । त्यसका लागि वर्तमान अवस्था र समय अनुकुल रहेको मान्न सकिन्छ ।
हो नेपालको संविधान २०७४ ले अबलम्बन गरेको तिन खम्बे अर्थ नीतिका कारण पनि सहकारी क्षेत्रले नीतिगत रुपमा निजी क्षेत्र सरहको स्थान प्राप्त गरेता पनि कतिपय कानूनको अप व्याख्याका कारण अझै अधिकांश कानून संसोधन गर्नु पदर्छ भन्ने कुरा सरकारले स्विकार गरि सकेको छ ।
पश्चिमी मुलकुहरुमा जहा“ सहकारीहरु फष्टाएका छन, त्यहा देशको आर्थिक अवस्था सुदृढ भएको छ । कुल ग्राहस्थ उत्पादन वृद्धि भएको छ, रोजागरी श्रृजना भएको छ , कृषि वस्तुको निर्यात भएको छ , विभिन्न खाद्यन्न सामग्री उत्पादन भएका छन, उनि आफै उत्पादक छन आफै उपभोक्ता छन, उनी आफै कर्मचारी छन, आफै मालिक छन् ,आफै लगानी कर्ता छन आफै प्रतिफल प्राप्त गर्दछन् ।
तसर्थ कञ्चनपुरमा पनि २० करोड शेयर पूजि ५ अर्व निक्षेप ७ अर्वको लगानी र २ अर्वको दायित्व तथा १ अर्वको अचल सम्पत्ति सहित झण्डै २० अर्वको सम्पत्ति भएको सहकारी स्थापनाको उघेश्य र लक्ष्य राख्नै पदर्छ । कञ्चनपुर जिल्लाको समग्र आर्थिक सामाजिक विकासमा ठुलो टेवा , कृषि उत्पादन, दुग्ध उत्पादन, मार्ट संचालन , स्कुल संचालन, गेष्ट हाउस संचालन लगायत कृषि तथा गैर कृषि व्यवसाय गर्न सके मात्र सहकारीको भावना र मर्मको सहि व्याखा र सिद्धान्तको पालन हुने कुरामा विश्वस्त रहन सकने वातावरणका लागि हरेक सहकारी कर्मीले विवेक प्रयोग गर्ने बेला आएको छ ।
तसर्थ अव सहकारीका अध्यक्ष, पदाधिकारी, संचालक, व्यवस्थापकहरुले गहन दृष्टि लगाउन, दुरदृष्टि राख्न आवश्यक छ, आफु आफ्नाका लागी नभई समग्र सहकारी आन्दोलन लाई अझ बढि व्यापक बनाई कञ्चनपुरका ५० हजार भन्दा बढि सदस्यहरुको एक मात्र सहकारी निर्माण गर्न र उक्त सहकारी बाट सबै किसिम अनि प्रकारका सेवा प्रदान र प्राप्तीका लागि एक कदम अगाडी नै बढनु पर्दछ भन्ने लागेको छ ।

हो सहकारी मर्जरमा जान सजिलो नभएतापनि निश्चत मापदण्ड आज नै सहकारी विभागले निकालेको छ, सोही मापदण्डमा रही प्रारम्भीक सहकारी, सहकारीका संचालक, कर्मचारी र शेयर सदस्यको वृहत्तर हित लाई दृष्टिगत र उनीहरुको कुनै पनि कसिमको अपमुल्यंन नहुनु गरि कञ्चनपुर जिल्लाका सहकारीहरुले पनि अव मर्जमा जानका लागि वर्तमान समय र अवस्थाको उपयुक्त रहेको मेरो धारणा रहेको छ । लेखक भाट निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्