विकास र स्थायित्वका लागि सह-अस्तित्वसँगै सहकार्य आवश्यक

सिपी खत्री
संघ र प्रदेशको निर्वाचनपछि सत्ता समिकरण फेरिएर नयाँ सरकार बनेको छ । केन्द्रीय सरकार पुर्ण रुपमा विस्तार नहुदैँ प्रदेशमा पनि नयाँ सकारको रस्साकस्सी सुरु भएको छ । कांग्रेस नेतृत्वको गठबन्धन विघटन भएर बनेको नयाँ सत्ता समिकरण व्याकेजमै राजनीति सहमतिका साथ अघि बढीरहेको छ ।
नेकपा एमालेको अगुवाई बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल(प्रचण्ड) नेतृत्वको सरकारले जनमुखि काम गर्ने प्रारम्भिक संकेत देखाईसकेको छ । जनताले दिएको मत अनुसार सरकारमा विभिन्न राजनीतिक दलहरु साझेदारहरु छन् । नयाँ सरकारसँग जन अपेक्षासँगै चुनौतीका चाङहरु पनि उतिकै छन् । मुख्य रुपमा राजनीतिक स्थायीत्व र आर्थिक समृद्धिको दिशामा देशलाई अघि बढानउने पर्ने कार्यभार वर्तमान सरकारसामु छ ।
प्याकेजमै राजनीतिक सहमती हुदाँ कुन प्रदेश कसले दिने टुङ्गीन बाँकी नैछ । अब बन्ने प्रदेश सरकार नेतृत्व भने जन अपेक्षा अनुसार हुन जरुरी छ । त्यसका लागि विगतमा नेतृत्व गरेका पार्टिको भुमिकाबारे मुल्याकन हुनुपर्छ । हिजोका सरकारले जन अपेक्षा अनुसार कति काम गरे ? प्रदेश सरकारको औचित्य पुष्टी गर्न सकेकी सकेनन् त्यसको समिक्षा हुनुपर्छ । अन्यथान अब बन्ने सरकारप्रति जनताको रुष्टता बढ्न सक्छ ।
सुदूरपश्चिमा गएका पाँच वर्ष नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व ग¥यो । तर प्रदेश सरकारप्रति जनता सन्तुष्ट नरहेको आवाज व्यापाकम मात्रामा सुनियो ।
प्रदेश प्रमुखबाट सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि दावि प्रस्तुत गर्न प्रदेश प्रमुखको कार्यालयबाट समय तोकिएको छ । सुदूरपश्चिममा पनि केन्द्रीय सत्ता साझेदार दलकै सरकार बन्ने देखिन्छ ।
तत्कालिन समयमा प्रदेशमा २५ सितसहित ठुलो दलको रुपमा रहेको एमालेले भागबन्डाका आधारमा माओवादीलाई नेतृत्व दिन तयार भयो । पाँच वर्ष माओवादीले नेतृत्व गरेकाले अब सुदूरपश्चिममा नेतृत्व परिर्वतनको आवाज उडठ्न थालेको छ ।
सुदूरपश्चिमको विकासका लागि सह–अस्थित्वससँगै आपसी सहकार्य अति आवश्यक छ । सुदूरपश्चिममा ठुलो दल हुदाँ पनि माओवादीलाई छोडेको एमालेले अब सरकारको नेतृत्व लिनुपर्छ । यसले सत्ता सहकार्यलाई स्थायित्वसँगै प्रदेशको विकासका लागि लागि पनि महत्वपुर्ण हुने देखिन्छ । (लेखक खत्री नेपाल युवा संघ कञ्चनपुरका सचिव हुन् ।)

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्