यि हुन् सरकारलाई बढी कर तिर्ने कञ्चनपुरका सात करदाता

महेन्द्रनगर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले बढी कर बुझाउन विविध क्षेत्रमा सात करदाताहरुलाई सम्मान ग¥यो । कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले विभिन्न क्षेत्रमा बढी आय कर तिर्ने करदातालाई सम्मान गरेको हो । आन्तरिक राजस्व कार्यालय कञ्चनपुर प्रमुख डोलिन्द्र प्रशाद शर्माले बढी आय कर तिर्ने करदाता सम्मान गरिएको बताए । उनका अनुसार प्रत्यक्ष करबाहेक अन्य करदातालाई कर संकलकको रुपमा लिईने भएकाले नियमित आय कर तिरेकाका करदातामध्येमा बढी आय करदाता छनौट गरिएको हो ।

कञ्चनपुरमा उद्योगतर्फ बढी कर तिर्नेमा सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योग रहेको छ । जसको सञ्चालकहरुमा तेज बहादुर चन्द, नारद पाण्डेय, खिमानन्द अवस्थी रहेका छन् । त्यस्तै निर्माणतर्फ शंकर तेज जेभीका सुरेन्द्र पाल, व्यापारतर्फ केदार जनरल स्टोरका लबदेव पाण्डेय र सेवा क्षेत्रतर्फ शिव कला परिवहन सेवाका खगेश्वर बोहरा बढी आयकर तिर्ने करदातामा परेका छन् । त्यस्तै सहकारी क्षेत्रमा उदयदेव बहुउद्देश्यीय सहकारी संस्था र शिक्षा तर्फ ईन्टरनेशनल पब्लिक स्कुल प्रा.लि रहेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । त्यस्तै कञ्चनपुरमा बढी व्यक्तिगत आयकर तिर्नेमा निर्माण व्यवसायी शुशिल कुमार श्रेष्ठ रहेका छन् ।

श्रोतका अनुसार उद्योगतर्फका करदाताले १९ लाख, निर्माणतर्फकाले ४० लाख, व्यापारतर्फकाले ४६ लाख, सेवातर्फकाले ३७ लाख, सहकारीले ३९ लाख र शिक्षा क्षेत्रतर्फका करदाताले पाँच लाख आय तिरेका छन् । राजस्व कार्यालयले लेखा परिक्षण गरि समयमै विवरण पेश गरेको, बढी आय कर बुझाएको लगायतका विभिन्न मापदण्डका आधारमा करदाता छनौट गरि सम्मान गरेको हो । यस राजस्व कार्यालय अन्तरगत भ्याट दर्ता करदाता तीन हजार, व्यवसायिक पान दर्ता ३२ हजार र व्यक्तिगत पान दर्ता ४३ हजार करदाता रहेका छन् ।

कार्यालयले सबै व्यवसायीलाई करको दायरामा ल्याउन र समयमै कर तिर्ने बानिको विकास गराउन करदाता शिक्षा, अभिमुखिकरण कार्यक्रम, बजार अनुगमन लगायतका कार्यक्रम गर्दै आईरहेको प्रमुख अधिकृत शर्माको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्