महेन्द्रनगरमा फारवेस्टन कर्पाेरेट क्रीकेट  कपको पाँच संस्करण हुँदै 

महेन्द्रनगर । स्टार प्रोडक्सनको आयोजना तथा हेल्पिङ ग्रुपको सहकार्यमा सुदूरपस्चिमको सबैभन्दा ठूलो ” फारवेस्टन कर्पोरेट क्रीकेट कप ”  को पाँचौ संस्करण आयोजना हुने भएको छ ।
यहि फागुन ११ गतेबाट फारवेस्टन कर्पोरेट क्रीकेट कप सञ्चालन  हुने भएको आयोजकले जनाएकाे छ ।   फागुन ५ गतेबाट संचालन हुने भनिएको प्रतियोगिता विविध कारणवस फागुन १२ गते सारिएको स्टार प्रोडक्सनले जनाएको छ ।
स्टार प्रोडक्सनका अध्यक्ष अभिनाश जाेशीले सार्वजनिक बिदाको दिन मात्रै खेलाईने उत्त प्रतियाेगिता सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसकाे खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा  सुदूरपश्चिम भरिका २० टिमहरुले सहभागीता जनाउने तय भएको छ ।  प्रतियोगिताको विजेता टिमले ८१,०००/- नगत सहित ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछ भने द्दितिय हुने टिमले ४१,०००/- नगत सहित ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै  अन्य बिधाका खेलाडीहरुलाई पनि नगत सहित पुरुस्कारको व्यवस्था गरिएको प्रतियोगिता खेल संयोजक दिनेश राज भट्टले जानकारी दिए । टिम दर्ताको लागीका यहि फागुन ८ गते २ बजे सम्मको समयसिमा तोकिएको छ।  भने प्रतियोगिता खेलतालिका फागुन ८ गते साझ निकालिने छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्