अनेरास्ववियु र युवा संघद्धारा कञ्चनपुरका सिडिओलाई १० बुदेँ ज्ञापनपत्र

महेन्द्रनगर । कञ्चनपुरस्थित अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र राष्ट्रिय युवा संघले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई ज्ञापनपत्र बुझाएका छन् ।
मंगलबार नेकपा एमाले निकट विद्यार्थी र युवा संगठनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
उनिहरुले जिल्लास्थित निर्माणाधिन योजनामा भईरहेको गुणस्तरहिन कार्य तथा योजना विपरित भईरहेको कामबारे सिडिओको ध्यानार्कषण गराएका छन् ।
राष्ट्रिय युवा संघ कञ्चनपुरका अध्यक्ष दिनेश बिष्ट(डिबि)ले एडिबीको सहयोगमा भीमदत्त नगरपालिकामा निर्माणाधिन योजनाको कतिपय काम डिपिआर विपरित भईरहेको पाईएकाले त्यसको नियमनका लागि प्रशासनलाई आग्रह गरिएको बताए । विद्युतीय पोल सडक क्षेत्रमै गाडिएको, सडक अतिक्रमणसँगै भौतिक संरचना निर्माण तथा फुटपाथ व्यवस्थापन लगायतका विषयमा संगठनले प्रशासनको ध्यानाकर्षण गराएको उनका भनाई छ ।
त्यस्तै अनेरास्ववियु कञ्चनपुरका संयोजक अमर धामीले ज्ञापनपत्रमाफर्त जिल्लाका शैक्षिक, जनजिविका र विकास निर्माणसँग सम्बन्धित विषयमा प्रशासनको ध्यानार्कषण गराएको बताए ।
उनका अनुसार निजि विद्यालयले गरेको शुल्क वृद्धी नियन्त्रण गरिनुपर्ने, मझगाउँ विमानस्थलको निर्माण कार्य सिघ्र सुचारु हुनुपर्ने र जिल्लास्थित अवरुद्ध रहेको विकास निर्माणका योजनालाई तत्काल सञ्चालनका लागि पलह गर्नुपर्ने लगायका मागहरु संगठनले उठाएको छ । ज्ञापनपत्र बुझ्दैँ प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले संगठनहरुले उठाएका विषयमा प्रशासनको ध्यानार्कषण भएको बताए ।

यस्तो छ संयुक्त ज्ञापनपत्र

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्