अनेरास्ववियु र युवा संघकाे स्थापना दिवसकाे अवसरमा रत्तदान र शैक्षिक सामाग्री सहयोग

महेन्द्रनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ६० औँ तथा राष्ट्रिय युवा संघ नेपालको ३५ औँ स्थापना दिवसको अवसरमा कञ्चनपुरमा रत्तदान कार्यक्रम आयोजना गरिएको छ ।
मंगलबार अनेरास्ववियु र युवा संघले संगठनको स्थापना दिवसको अवसरमा संयुक्त रुपमा रत्तदान कार्यक्रम आयोजना गर्नुका साथै शैक्षीक सामाग्री वितरण गरि स्थापना दिवस मनाएका हुन् ।
अनेरास्ववियु कञ्चनपुर संयोजक अमर धामीले स्थापना दिवसको अवसरमा रत्तदान गरिएको बताए । उनका अनुसार कार्यक्रममा २० जनाले रत्तदान गरेका छन् । मानव जीवनका लागि रगत महत्वपुर्ण भएकाले रगत आवश्यक भएको बिरामीलाई उपचारमा सहयोग पुग्ने अपेक्षा सहित रत्तदान कार्यक्रम आयोजना गरिएका उनले बताए ।
जिल्लामा अनेरास्ववियुले विद्यार्थीको हकहितसँगै विभिन्न सामाजिक कार्यहरु गदैँ आईरहेको उनको भनाई छ ।
त्यस्तै राष्ट्रिय युवा संघ कञ्चनपुरका अध्यक्ष दिनेश बिष्टले अनेरास्ववियुसँगै सयुत्त रुपमा रत्तदान कार्यक्रम गरिएको बताए । उनका अनुसार रत्तदान कार्यक्रममा नेकपा एमालेका नेताहरु तथा पार्टी निकट विभिन्न संगठन आवद्ध नेता कार्यकर्ताको सहभागीता रहेको थियो । त्यस्तै अनेरास्ववियु र युवा संघले महेन्द्रनगरस्थीत समाज कल्याण अञ्चल बाल अनाथालयमा शैक्षीक सामाग्री सहयोग गरेको उनले बताए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा कञ्चनपुर सह ईन्चार्ज नर बहादुर धामी, कृपाराम राना, प्रदेश कमिटी सदस्य महेश पन्त, जिल्ला कमिटि अध्यक्ष लक्ष्मी बुढा, युवा संघ नेपालका केन्द्रीय सदस्य केशब बहादुर चन्द लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्