होल्डीङ सेन्टर निर्माणपछि व्यवस्थीत बन्यो गड्डाचौकी नाका

महेन्द्रनगर १३ जेठ ।
कञ्चनपुरस्थीत नेपालको पश्चिमी नाका गड्डाचौकी नाका भारतमा रहका आप्रवासी नेपाली भित्रिने तथा बाहिरिने प्रमुख नाका हो गड्चौकी । वैदेशिक रोजगारीका भारत पुगेका सुदूरपश्चिम लगायत अन्य प्रदेशका नागरिकहरु यस नाकाबाट आवागमन गर्छन् ।
सधैजसो आवागमनमा व्यस्त रहने यो नाकामा कोरोना भाईरसको संक्रमण बढेपछि स्वदेशीने नेपाली लर्को लाग्यो । दुई हप्ताअघिसम्म सीमामा घण्टौँ लाईन बसेर स्वास्थ्य परिक्षण गरेर मात्रै वैदेशिएका नेपाली स्वदेश फर्किन्थे । नाका व्यवस्थीत नहुदाँ सीमा हन्डर खेप्नु पथ्र्योे । तर अहिले भने नाकामा प्रचण्ड गर्मीमा लाईन उभिनु पर्ने बाध्यता हटेको छ ।

हेल्थ डेस्कसहित नाकामा व्यवस्थीत होल्डीङ सेन्टर निर्माण भएपछि यस नाका भएर आउने नेपालीलाई सहज भएको हो । भीमदत्त नगरपालिका, निड्स नेपाल र नेपाल सेनाबिचको सहकार्यमा निर्माण गरिएको अस्थायी होल्डीङ सेन्टरले नाका व्यवस्थीत हुनुका साथै त्यहाँ पुग्ने नागरिकलाई सहजता मिलेको देखिन्छ ।

गड्डाचौकी सीमा नाकामा भारतबाट आउने सुदूरपश्चिमका ९ वटै जिल्लाका नागरिकका लागि छुट्टा छुट्टै अस्थायी होल्डिङ सेन्टर स्थापना गरिएको छ भने अन्य प्रदेशका जिल्लाका नागरिकका लागि पनि छुट्टै होल्डिङ सेन्टर बनाइएको छ । नाकामा सुदूरपश्चिम प्रदेश सरकारले स्थायी होल्डीङ सेन्टर निर्माण गर्ने भने पनि बन्न सकेको छैन् । तर नाकालाई व्यवस्थीत बनाउन भीमदत्त नगरपालिकाको पहलममा अस्थायी होल्डीङ सेन्टर बनाईएको हो । जसको व्यवस्थापनको जिम्मा अहिले नेपाली सेनाले गरिरहेको छ ।


भारतबाट आएको नागरिकको विवरण अभिलेखिकरण गरि सुरुमै हेल्थ डेस्कबाट एन्टीजेन परिक्षण गरिन्छ । रिर्पोट नआउँदासम्म उनिहरुलाई होल्डङ सेन्टरमा राखिन्छ । साथै संक्रमित पुष्टी भएकाहरुको लागि पनि छुट्टै होल्डीङ सेन्टर बनाईएको छ ।
संक्रमितलाई भीमदत्त नगरपालिकाले सञ्चालन गरेको आईसिएचको भवनमा रहेको आईशोलेसन र आवश्यक परे अस्पतालसम्म पठाईन्छ । भने अन्य संक्रमण नदेखिएकाहरुलाई नाकाबाटै सवारी साधनको व्यवस्थापन गरि गन्तव्यसम्म पठाउने काम भईरहेको होल्डीङ सेन्टर निर्माणमा जुटेको संस्था निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए । ट्राफ्रिक प्रहरी यातायात व्यवसायीसँगको सहकार्यमा नाकामा यातायातको व्यवस्था गरिएको छ ।

उनका अनुसार नाका पुगेका सबै नेपालीको स्वास्थ्य परिक्षणसहित होल्डीङ सेन्टरमा राख्न गरिएको छ । सेन्टरमा रहेकाको लागि खानेपानी, शौचालयको व्यवस्था गरिएको छ । त्यस्तै सहयोगी दाताहरुबाट निशुल्क रुपमा खाजाको समेत होल्डीङ सेन्टरमा व्यवस्था गरिएको छ ।


त्यस्तै नाका नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि सक्रिय रुपमा खटिएको छ । उनिहरुले सुरक्षासँगै नाकामा आउनेको नेपालीहरुको विवरण संकलन गरि गन्तव्यसम्म पठाउन सहजिकरण गरिरहेको छ । सशस्त्र प्रहरीले भारतबाट आउने नेपाली नागरिकको विवरण राख्छ भने नेपाल प्रहरीले उनीहरुको जिल्ला तथा स्थानीय तह पहिचान गरि गन्तव्यमा पठाउने काम गरिरहेको छ ।

नागरिक समाज कञ्चनपुरका अध्यक्ष समेत रहेका रेग्मीले नाकामा पहिले नै होल्डीङ सेन्टर निर्माण हुनुपर्नेमा ढिलाई भएको धारण राखे । संक्रमण फैलिए लगतै नाकामा होल्डीङ सेन्टर स्थापना नहुदाँ नागरिकले सीमा दुख पाउनु प¥यो भने संक्रमण पनि तिव्र रुपमा फैलियो । भारतबाट हजारौँको संख्यामा आएकालाई व्यवस्थीत गरि नाकामा राख्ने व्यवस्था नहुदाँ भिडका कारण गाउँगाउँ संक्रमण पुग्यो ।

महामारीले झन विकराल रुप लियो । तर पछिल्लो समय गड्डचौकी नाकामा देखिएको व्यवस्थापन अन्य नाकाका लागि भने उदाहरण नै बनेको छ । गड्डाचौकीमा व्यवस्थीत होल्डीङ सेन्टर निर्माणले एकातिर सीमाबाट आउने नागरिकलाई सहजता मिलेको छ भने अर्कोतिर संक्रमणको जोखिम पनि न्युन भएको छ ।


भीमदत्त नगरपालिकाले पहलमा नेपाली सेना निर्माण कार्यमा जुट्दा छोटो समयमा नाका अस्थायी होल्डीङ सेन्टर तयार भएको हो । जसमा निड्स नेपालले त्रिपालसहित अन्य व्यवस्थापनमा सहयो गरेको थियो ।


भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नाकामा नागरिकको सहजता र संक्रमण नियन्त्रणका लागि होल्डीङ सेन्टर निर्माण गरिएको बताए । उनका अनुसार प्रदेश सरकार बनाउने भने पनि निर्माणका लागि सक्रियाता नदेखाउदाँ नगरपालिकाले आफ्नै श्रोत साधन परिचालन गरि नेपाली सेना र निड्स नेपालको सहयोगमा अस्थायी होल्डीङ सेन्टर निर्माण गरेको हो । सेन्टर निर्माणपछि नागरिकलाई सहज भएको र संक्रमण नियन्त्रणमा राहत मिलेको उनको भनाई छ ।

नागरिकको स्वास्थ्यलाई मध्य नजर गरेर कोरोना रोकथाम र नियन्त्रणका लागि नगरपालिका विभिन्न संयन्त्र निर्माण गरि काम गरिरहेको छ । त्यस्तै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले पछिल्लो समय गड्डाचौकी नाका निकै व्यवस्थीत बनेको बताए । उनका अनुसार नाका होल्डीङ सेन्टर, हेल्थ डेस्क लगायतका संरचना बनेपछि नाका पुर्ण रुपमा व्यवस्थीत भएको हो । साथै गौरीफन्टा नाकामा पनि अस्थायी होल्डीङ सेन्टर निर्माण गर्ने भने पनि कैलाली या कञ्चनपुर कता बनाउने भन्ने जग्गा यकिन नभईसकेको ढिलाई भएको प्रजिअ महतोको भनाई छ ।

त्यस्तै पछिल्लो समय जिल्लामा कोरोना संक्रमण नियन्त्रण हुदैँ गएको र भारतबाट आउने करिब ५ प्रतिशत भन्दा कममा मात्रै संक्रमण पुष्टी हुने गरेको पाईएको उनले बताए । अहिले दैनिक डेढ सय देखि दुई सयसम्म नागरिकहरु नेपाल भित्रिने गरेका छन् ।
घाम पानी असिना हुरीबाट जोगीन अस्थायी होल्डिङ सेन्टर निर्माण गरिएको प्रजिअ महतोले बताए । ‘पहिले भारतबाट आउने नागरिकले खुल्ला चौरमा चर्को घाममा बस्नु पर्ने अवस्था थियो, भारततर्फको भूमिबाट बस लगेर लिनुपर्ने हुँदा नेपाली नागरिकलाई कठिनाई थियो तर अहिले सहज भएको छ ।’ उनले भने ।


कञ्चनपुरको गड्डाचौकी सीमानाकाबाट आउने नागरिकको जिल्ला, पालिका र वडा नम्बर छुट्याएर वर्गीकरण गरेर सम्बन्धित स्थानिय प्रशासन र पालिकालाई जानकारी गराएर पठाउने भईरहेको छ । साथै कोरोना पुष्टि भएकाहरुका लागि युनिसेफको सहयोगमा अस्पताल पुर्याउने व्यवस्था मिलाईएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्