महेन्द्रनगरमा खुल्यो सुविधा सम्पन्न लायन पालर

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगरमा सुविधा सम्पन्न सैलुन सञ्चालनमा आएको छ । महेन्द्रनगरकै गुल्सान अन्सारीले लायन स्टालिस जेन्स पालर सञ्चालनमा ल्याएका हुन् ।

लामो समयदेखि महेन्द्रनगरका विभिन्न पालरमा काम गदैँ आएको अंन्सारीले अहिले आफ्नै व्यवसाय सुरु गरेको बताए । उनका अनुसार सेवाग्राहीलाई पुर्ण सन्तुष्ट हुने गरि सेवा दिने उद्देश्यकाका साथ पालर सञ्चालनमा ल्याईएको हो ।

पालरमा हेयर स्टेट, कटिङ, हेयर स्पा, केराटिन, फेसियल, कपाल हाईलाईट लगायतका सेवाहरु रहेका छन् । प्रयाप्त मात्रैमा कर्मचारीको व्यवस्था भएकाले पालो कुर्नु नपर्ने बताउँदै सञ्चालक अन्सारीले भने ‘हरेक सेवाग्राहीलाई पुर्ण सन्तुष्टीको ग्यारेन्टीका साथ काम गरिहरका छौँ, पालरमा फ्री वाईफाई र एसीको व्यवस्था पनि छ, सबै सेवाग्राही सेवा गर्ने मौका दिनका लागि आग्रह गर्दछु ।


त्यस्तै बिवाह, पार्टीका लागि पनि मेकअप सेवा पनि रहेको सञ्चालक अन्सारीको भनाई छ । साथै उद्धघाटन शस्त्रको अवधिमा सबै किसिमका सेवामा विशेष छुट समेत दिर्ईएको उनले बताए । पालर सञ्चालनमा आएपछि आठ जना युवाले रोजगारी समेत पाएका छन् । ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्