कञ्चनपुर महोत्सवः उत्पादनको बजारीकरण र व्यवसाय प्रवद्र्धनको अपेक्षा

महेन्द्रगर । उद्योग वाणिज्य संघले आयोजना गदैँ आएको सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आजबाट सुरु हुदैँछ । ‘कृषी उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार मुल नारा रहेको कञ्चनपुर पर्यटन महोत्सव १४ औँ संस्करण सोमबाट महेन्द्रनगरको खुला मञ्चमा सोमबारबाट सुरु भएको छ ।
महोत्सवको प्रधानमन्त्री पुष्प कमल दहाल (प्रचण्ड)ले उद्धघाटन गरे ।
उद्योग वाणिज्य संघ कञ्चनपुरको महासचिव खगेश्वर बोहराले मेलामा स्थानीय उत्पादनको बजारीकरण र व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने बताए । उनका अनुसार महोत्सवमा कृषी लगायत स्थानीय तथा राष्ट्रिय उत्पादनका दुई सय बढी स्टलहरु राखिएको छ । महोत्सवमा पर्यटन प्रवद्र्धन, निर्माण सामाग्री तथा औजार, सुचना प्रविधि तथा विद्युतीय सामाग्री, दैनिक उपभोग्य सामान, गर्मेन्टस, जुता चप्पल, वैकल्पीक उर्जा, फुड स्टल, अटो पर्दशनी, सास्कृतिक कार्यक्रम, हस्तकला, बाल उद्यान, सर्कस, शिक्षा, स्वास्थ्य क्षेत्रलगायत बैंक तथा वित्तिय सेवाको प्रदर्शनी रहनेछ ।

त्यस्तै मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगितक प्रस्तुती रहेन आयोजकले जनाएको छ । २०३९ सालमा स्थापना भएको कञ्चनपुर वाणिज्य संघले २०५७ सालदेखि मेला आयोजना गर्न सुुरु गरेको हो । संघले २०६२, ०६५, ०६६, ०६७, ०६८, ०६९, ०७०, ०७१, ०७२, ०७३, ०७४, ०७५ र ०७६ सालमा गरि १३ पटक मेलाको आयोजना गरिसकेको छ । ‘यस क्षेत्रका आर्थिक गतिविधिलाई गतिशिल बनाउन मेलाले सहयोग पुग्छ ।’ महासचिव बोहराले भने ‘हाम्रा विकासका सवालहरुलाई कार्यान्वयनका जोड दिन प्रधानमन्त्री ज्युले प्रतिवद्धता जनाउनु भएको छ ।

‘मेलालाई पैसासँग मात्रै जोडेर हेरिनु हुदैँन’: वरिष्ठ उपाध्यक्ष मल्ल

मेलालाई व्यापारका दृष्टिकोणले मात्रै हेरिन नहुने संघका वरिष्ठ उपाध्यक्ष मल्लकोतर्क छ । मेलाले सामाजिक र आर्थिक दुवै पक्षलाई जोड्ने उनले बताए । मेलाले संघलाई केही पैसा त आउँछ तर यसलाई पैसासँग मात्रै जोडेर हेर्नु हुदैँन् । उनले भने ‘महोत्सवका बहुआयामिक पक्षहरु छन् ।, यसले समग्र आर्थिक क्षेत्रलाई चलामान बनाउँछ साथै हाम्रो संस्कृति र परम्परालाई पनि जोड्छ ।’ मेलाले आर्थिक मात्रै नभई सामाजिक सम्बन्धहरुलाई पुर्नरमिलन र स्थापीत पनि गराउने उनको भनाई छ । ‘मेलामा हजारौँको संख्यामा दर्शकहरु आउँछन्, मेलामा साथि–भाईहरुसँग भेटघाट हुन्छ, हाम्रोस्थानीय उत्पादनहरु पाउनु हुन्छ ।’ उनले भने ‘महोत्सवमा राष्ट्रिय, अन्तराष्ट्रियसहित स्थानीय कला संस्कृतिक प्रस्तुतिहरु रहन्छ् त्यसले हाम्रो कला संस्कृतिलाई प्रवद्र्धन पनि गर्छ ।’

महोत्सवमा स्थानीय उत्पादनका स्टलहरुलाई छुट तथा शौहुलियत प्रदान गरिएको उनले बताए । त्यस्तै भारतको चक्करपुरमा मेला हेर्न जाने नेपालीलाई रोक्न पनि मेलाले मद्दत गर्ने उनको भनाई छ । ‘छिकेकी भारतको चक्करपुर मेला हेर्न यहाँबाट ठुलो संख्यामा स्थानीयहरु जाने गरेका छन् ।’ उनले भने ‘त्यसले एकातिर देशको पैसा बाहिर गईरहेको छ, भने अर्कोतिर सस्तो सामानको नाममा गुणस्तरहिन वस्तुबाट नेपाली ठगिने गरेका छन् ।’ महोत्सवले देशकै आर्थिक विकासमा फड्र्को मार्न सक्ने सम्भावना बोकेकाले त्यसको विकास सहयोगी बन्ने उनको भनाई छ ।

मान्छेहरु आफ्नो काममा व्यस्त छन्, मनोरञ्जनको वातावरण छैन त्यसले गर्दा मानिसहरुमा नैरास्यता ल्याउने पैदा गरिरहेको छ ।’ बरिष्ठ उपाध्यक्ष मल्लले भने ‘महोत्सवले मानिसको लाईफ स्टाईल चेन्स गर्न सिकाउँछ, सास्कृतिक कार्यक्रमका माध्यमबाट मनोरञ्जन लिन्छन्, व्यवसायीहरुमा पनि मेलाको चहलपहलले एक किसिमको चार्मिङ् आउँछ ।’ साथै महोत्सवमा सहभागीता लागि वरिष्ठ उपाध्यक्ष मल्लले आग्रह समेत गरे ।

‘स्थानीय उत्पादको बजारीकरण हुन्छ’: सचिव राहुल भट्ट

महोत्सवले स्थानीय उत्पादनको बजारीकणमा सहयोग पुग्ने संघका पदाधिकारीहरुको विश्वास छ । उद्योग वाणिज्य संघका सचिव राहुल भट्टले मेलाले स्थानीय उत्पादनको बजारिकणमा महत्वपुर्ण सहयोग पुग्ने बताए । उनका अनुसार सिमित मात्रामा स्थानीय वस्तुहरु उत्पादन भएपनि त्यसको पहुँच बजारसम्म हुन सकेको छैन् । ‘मेलाले उद्यमी र उपभोक्तालाई जोड्न काम गर्छ ।’ उनले भने ‘यसले एकातिर वस्तु तथा सेवाको बजारीकरणमा सहयोग भने अर्कोतिर व्यवसायको पनि प्रवद्र्धन पनि हुन्छ । ’ महोत्सव सञ्चालनले यस क्षेत्रमा आर्थिक गतिविधि पनि चलायमान बनाउने उनको विश्वास छ ।

‘कोरोना संक्रमणपछि व्यवसायिक गतिविधिहरु खासै फष्टाउन सकेका छैनन् ।’ उनले भने ‘मेलामा मनोरञ्जन मात्रै नभई आर्थिक र सांस्कृतिक गतिविधि बढ्छन् । आन्तरिक पर्यटकको फ्लो बढ्दा समग्र आर्थिक क्षेत्र चलायमान हुन्छ ।’मेलामा मनोरञ्जनका सामाग्रीदेखि कृषी र अन्य सुदूरपश्चिमका व्यवसायिक उत्पादनहरु राखिने उनको भनाई छ ।

‘महोत्सवले कोरोनापछि बजार खुला भएको सन्देश दिन्छ ’: व्यवसायी चन्द

कोरोना संक्रमणपछि व्यवसायले लय समात्न सकेको छैन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाले उपभोक्ताको व्यवहार समेत परिवर्तन ल्याएको व्यवसायी बताउँछ् । विषम परिस्थितिपछि आयोजना गरिएको मेलाले उपभोक्ताको व्यवहारमा सहजता ल्याउने व्यवसायी बताउँछन् । उद्योग वाणिज्य संघले आयोजनाले बजारमा उपभोक्ताको चाप बढ्ने र पैसा पनि आउने व्यवसायी तेज बहादुर चन्द बताउँछन् । उनले कारोना संक्रमणपछि महेन्द्रनगरमा सञ्चालन भईरहेको मेलाले यस क्षेत्रको व्यवसायीक गतिविधि बढाउने बताए ।

मेलामा स्थानीय उत्पादनहरुलाई प्राथमिकता दिनुपर्छ, यस्ता मेला–महोत्सवले स्थानीय उत्पादनको बजारीकरण सहयोग पुग्छ ।’ संघको कार्यकारणी समिति सदस्य समेत रहेका चन्दले भने ‘कोरोनापछि उपभोक्ता खासै खुल्न सकेका छैनन्, यसले बजार पुर्ण रुपमा खुला र सुरक्षीत रहेको सन्देश पनि दिन्छ ।’ यस क्षेत्रको आर्थिक विकासका लागि छ लेन सडकसहितका पुर्वाधार निर्माण आवश्यक रहेको उनको भनाई छ । आर्थिक पुर्वाधार निर्माण हुन सके औद्योगिकरण र रोजगारी बढ्ने उनको विश्वास छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्